दार्चुला । लागू औसध चरेस सहित पक्राउ परेका अभियुक्त लाई प्रहरीले सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा बुधबार आयोजित पत्रकार सम्मेलनमा मंगलबार साझ ३ किलो ८ सय ग्राम चरेस सहित पक्राउ परेका अभियुक्तलाई प्रहरीले सार्बजनिक गरेको हो । जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ४ घर भइ हाल महाकाली नगपालिका वडा नं ४ बंगाबगरस्थित किराना पसल संचालक बर्ष ७४ का वीर सिह लोथ्याललाई चरेस सहित प्रहरीले विशेष सुराकिको आधारमा पक्राउ गरेको थियो । उनि बंगाबगरस्थित महादेब किराना पसलका संचालक हुन । अभियुक्तलाई लागू औसध नियन्त्रण ऎन अन्तर्गत कार्वाही हुने प्रहरीले जनाएको छ । 
