दार्चुला । जिल्लाको अपिहिमाल गाउँपालिकामा संचालनमा रहेको कुर्मल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । अपिहिमाल गाउपालिका वडा नं ३ र ४ मा पर्ने कुर्मुल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो । समितिका अध्यक्ष अन्तराम ठेकरेको अध्यक्षतामा भएको वार्षिक साधारणसभामा अपिहिमाल गाउँपालिका प्रवक्ता एवम वडा न ४ वडाअध्यक्ष रबिन्द्र सिह बोहरा प्रमुख अतिथि रहेका थिए ।
कुर्मुल खानेपानी तथा सरसफाई उपभोक्ता समितिको वार्षिक प्रतिवेदन अनुसार समितिको बैंक मुद्धती खातामा झण्डै ८ लाख रुपैया बचत रहेको जनाएको छ । मुद्धती खातामा ७ लाख ९२ हजार ४ सय २८ रुपैया मौज्दात रहेको समितिका अध्यक्ष अन्तराम ठेकरेले बताए । गत बर्षको मौज्याद चल्ति खातामा १ लाख १२ हजार ४२८ रुपैँया रहेको अध्यक्ष ठेकरेले बताए । यस्तै चालु आर्थिक वर्षको जम्मा आम्दानी १ लाख ७९ हजार २८३ रुपैया तथा खर्च रकम १ लाख ६९ हजार ५ रुपैया रहेको बताइएको छ ।

हाल समितिमा जम्मा रकम १० लाख ८४ हजार १ सय ३९ रुपैया रहेको छ । त्यस्तै मल्देश बचत तथा ऋण सहकारी संस्थामा ६० हजार रकम शेयर लगानी मौज्याद रहेको उनले बताए । समितिले अहिले दुईजना मर्मत सम्भार कार्यकर्ता समेत राखेको जनाएको छ । समितिको लगानी झण्डै १ करोड बराबरको रहेको बताइएको छ । कुर्मुल खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वडानम्बर ३ र ४ मा गरि १६२ वटा धारा निर्माण सम्पन्न गरेको जनाएको छ ।
कार्यक्रममा अपि हिमाल गाउँपालिका गाउँकार्यपालिका सदस्य राईमति ठेकरे , प्रेमराम टमटा, अपिहिमाल शिक्षा युवा तथा खेलकुद शाखा निमित्त प्रमुख मदन राज जोशी, अपिहिमाल गाउँपालिका बिपत व्यवस्थापन अधिकृत पानसिह धामि,जलस्रोत अधिकृत करन सिंह बुढाथोकी , खण्डेश्रवरी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष उद्धवसिह बोहरा, निमित्त प्रमख प्रशासकिय अधिकृत लक्ष्मण सिह बोहरा र अपिहिमाल गाउँपालिकाका पुर्व उपाध्यक्ष उर्मिला बोहराको उपस्थिति रहेकोे थियो ।
