दार्चुला : जिल्लाको दहुुँ गाउँपालिका–३ स्थित जनविकास मावि बारबाजको १२ कोठे विद्यालय भवनको सिलान्यास गरिएको छ । भारतीय राजदुतावास र दुहुँ गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भइरहेको विद्यालय भवनकोे बुधवार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नरेन्द्र बहादुर सिंह बडालले शिलान्यास गरेका हुन् । उक्त विद्यालय भवन ३ करोड ९७ लाख लागतमा निर्माण भइरहेको हो । जसमा भारतीय राजदुतावासको ८० प्रतिशत तथा दुहुँ गाउँपालिकाको २० प्रतिशत लगानी छ ।
नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत भारतले गत असारमा दुहुँ गाउँपालिकालाई एक एम्बुलेन्स र जनविकास मावि बारबाजलाई स्कूल बस हस्तान्तरण गरेको थियो । गत वर्ष नै बारबाँजमा विद्यालय भवन निर्माणका लागि सहयोग गरेको हो । बारबाजमा कक्षा १ देखि कक्षा १२ सम्म पढाइ हुने गरेको छ ।
सन् २००३ यता भारतले नेपालमा ५३२ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ । दूतावासका अनुसार स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् ।
