दार्चुला । जिल्लाको व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् । नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता हुन् । बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछिपछि गएका दीपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ ।
व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटना ढिलो गरी जानकारीमा आएको हो । उनी ब्रहमस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।
