दार्चुला । नेपाल–भारत सीमामा तटबन्ध निर्माणको विषयलाई लिएर आइतबार दुई देशका अधिकारी र स्थानियहरु बीच छलफल भएको छ । भारतले निर्माण गरिरहेको तटबन्धका विषयमा दुई देशका अधिकारी र स्थानियहरु बीच जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको हो । छलफल पछि पक्की तटबन्ध निर्माणका क्रममा खडा गरिएको अस्थायी तटबन्ध हटाउनुपर्ने, महाकाली नदीलाई प्राकृतिक रुपमै बग्न दिनुपर्ने लगायतका विषयमा दुवै देशका बिच सहमति भएका छ। यस्तै छलफलमा पक्की संरचना पुरानो तटबन्धको भित्तामै जोड्नुपर्ने र निर्माण कार्य सम्पन्न हुने बित्तिकै खडा गरिएका डाइभर्सन खाली गर्नुपर्ने लगायतका सर्तमा दुबै देशका स्थानीयहरु विच लिखित सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताए । भारतले एक तर्फी तटबन्ध निर्माण गरी महाकाली नदीको धार नेपाल तर्फ फर्काएको भन्दै दार्चुलाका स्थानीयले भारतको विरोध गदै आएका थिए । स्थानियको विरोधका कारण भारतीय पक्षसँग वार्ता गर्नुपर्ने आवाज उठेपछि आइतबार मात्रै दुबै देशका अधिकारी एवम स्थानीयहरु विच गहनरुपमा छलफल भएको हो । गत मंसिर २१ गते भारतको धारचुलामा बसेको बैठकले समेत १० दिनभित्र नदीलाई पुरानो स्थानमै फर्काउने गरी सहमति भएको भएपनि उक्त सहमति भारतले कार्यान्वयन नगरेपछि पुन आज दुबैदेशका अधिकारीहरुको रहोवरमा दुवै देशका स्थानियहरुले सहमती गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । भारतिय पक्षबाट निर्णय कार्यान्वयन हुनेमा नेपाल पक्षका नागरिक अझै संसकित रहेका छन् । विगतमा पटक पटक सहमती भएता पनि भारतिय पक्षले सहमती कार्यान्वयन गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय