दार्चुला । काम गरेको ज्याँला नपाएको भन्दै दुहुँका स्थानिय श्रमिकहरुले पुल बन्द गरेका छन । दुहुँ गाउँपालिका स्थिति वडा नम्वर २ र ५ जोड्ने थल सिलङचौरा बहुउद्देश्यीय झोलुङ्गे पुल वन्द गरिएको श्रमिकहरुको भनाई छ ।

पुल निर्माण कार्य सम्पन्न भएको दुई बर्ष वितिसक्दा समेत आफुहरुले श्रम गरेवाफतको पाउनु पर्ने ज्याला नपाएका कारण आफुहरु पुल वन्द गर्न बाध्य भएको श्रमिक जनक राज जोशीले जानकारी दिए । यसै बिच दुहुँ गाउँपालिकाले पुल निर्माणमा संलग्न ठेकेदारलाई कानून बमोजिम कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई निवेदन समेत दिएका थिए । समय थप गर्दा समेत गाउँपालिकाको वडा नम्बर २ र वडा नम्बर ५ लाई जोड्ने झोलुंगे पुलको निर्माण कार्य सम्पन्न नगरेको भन्दै जगदम्बा दोभान संगम जेभिका ठेकेदार बसन्त बुढाथोकीलाई कानून बमोजिम कारबाही गर्न गाउँपालिकाले माघ ५ गते प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएको जनाएको थियो । गाउँपालिकाले पुल निर्माणमा संलग्न जगदम्बा दोभान संगम जेभि काठमाण्डौँका ठेकेदारलाई कारबाही गर्न माग गरेको थियो । गाउँपालिका र निर्माण कम्पनी बिच आर्थिक वर्ष २०७५÷०७६ मा पुल निर्माणका लागि सम्झौता भएको थियो ।
सम्झौता अनुसार आर्थिक वर्ष २०७८÷०७९ भित्र निर्माण गरिसक्नु पर्ने थियो । तर उक्त पुलको निर्माण कार्य हाल सम्म पनि सम्पनन नभएको गाउँपालिकाले जनाएको छ । म्याद थप गर्दा पनि ठेकेदारले पुलको निर्माण कार्य सम्पन्न गर्न नसकेको, पुल निर्माणमा प्रयोग गरिएका कामदारहरुको ज्याला मजदुरी भुक्तानी नगरेको, पुलको लोड टेस्ट नगरेको तथा फोन गर्दा फोन नउठाउने लगायतका कार्य गर्ने गरेको गाउँपालिकाले आरोप लगाएको छ । ति ठेकेदारलाई सम्पर्कमा ल्याई सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम र अन्य विद्यमान कानुन बमोजिम कारबाहीको माग गरिएको थियो । सोही निवेदनका आधारमा ठेकेदार गाउँपालिकाको सम्पर्कमा आएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र सिह बडालले जानकारी दिए । अवको केहि दिन भित्र आफु आफ्नो कम्पनिको सम्वन्धित मान्छे साईडमा पठाउने र श्रमिकहरुलाई भुक्तानी गर्नु पर्ने रकम तुरुन्तै भुक्तानि गर्ने ठेकेदारले प्रतिक्रिया दिएको बडालले जानकारी दिए । ठेकेदारको सोही प्रतिक्रियाको आधारमा वन्द गरिएको पुल पुन सुचारु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय