दार्चुला । महिलाको शव फेला परेको छ । शनिबार (आज)  जिल्लाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर स्थित चमेलिया नदि किनारमा अन्दाजी २६ वर्षिया महिलाको बेवारीसे अवस्थामा शव फेला परेको हो ।

शैल्यशिखर नगरपालिकाको भवन पछाडी चमेलिया नदी किनारमा करिब अपराह्न ४ बजेतिर महिलाको शव डुबेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गोकुलेश्वका प्रमुख प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाले बताए ।

‘अपराह्न ४ बजेतिर चमेलिया नदी किनारमा डुबेको अवस्थामा शव फेला परेको हो । शवको पहिचान हुन सकेको छैन् । प्रहरी निरीक्षक थापाले भने,’शवलाई परिक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । ’

घट्ना घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय