दार्चुला । जिल्लाका चौरीगाई हुम्ला निर्यात गरिएको छ । दुध उत्पादन तथा प्रजनन प्रयोजनका लागि चौरीगाई हुम्ला खार्पुनाथ गाउँपालिका निर्यात भएको भेटेरीनरी तथा पशु अस्पताल दार्चुलाका कार्यालय प्रमुख राम बहादुर खड्काले जानकारी दिए । जिल्लाको ब्याँस गाउँपालिका–१ तिंकरबाट हुम्ला लगिएको उनले वताए । झुमा र झोपा जातका १२ गोटा चौरीगाई हुम्ला निर्यात भएको बताइएको छ ।

बाजुराको बाटो हुदै हुम्ला निकासी भइरहेको उनले जानकारी दिए । तिंकर गाउँबाट खरिद गरी हुम्ला निकासी भइरहेको बताइएको छ । एक गोटा चौरीगाईको मूल्य १५ हजार देखि ५० हजार सम्म पर्ने गरेको कार्यालय प्रमुख खड्काले जानकारी दिनुभयो । उमेर र दूध उत्पादनको आधारमा चौरीगाईको मुल्य फरक फरक हुने गरेको छ । चौरीगाईको साढेलाई ७५ हजार सम्म बताइएको छ ।

सम्वन्धित समाचारको लिंक

दार्चुलाका चौरीगाई हुम्ला निर्यात

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय