दार्चुला : शनिबार बेलुकी प्रहरीले महाकाली नगरपालिका–९ को सकार खेल मैदानमा एक जना १५ वर्षिय बालकको साथबाट बरामद गरेको पेस्तोल नक्कली रहेको पुष्टी भएको छ । खेलमैदानमा जम्मा भएका बालबालिकाहरु बिच झगडा भएका बेला एक १५ वर्षिय बालकले पेस्तोल देखाएको भनेर प्रहरीमा खबर आएको तथा प्रहरीले नक्कली पेस्तोल र ति बालकलाई पक्राउ गरी शनिबार बेलुकी जिल्ला प्रहरी कार्यालय ल्याएको थियो ।
‘यता ल्याएर हेर्दा उक्त पेस्तोल नक्कली रैछ, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जगत गाहा मगरले भन्नुभयो ।’ बालकको नाम भन्न मिल्दैन बालकलाई अब आफन्तको जिम्मा लगाउने तयारी भइरहेको छ, उहाले भन्नुभयो । उक्त नक्कली पेस्तोललाई ‘एयर पेस्तोल’ भन्ने गरिएको पनि उहाले बताउनुभयो । पेस्तोलको पारी भारतमा रु १ हजार पर्ने बताइएको छ । जिल्लामा शान्ति सुरक्षाको अवस्था राम्रो भएकाले कसैले आत्तिनु डराउनु पर्ने अवस्था नरहेको सुरक्षा स्रोतले बताएको छ ।
