दार्चुला – जिल्ला सदरमुकाम खलंगा देखि दुहु ५ चल्लेगाडा सम्म संचालनमा रहेका जिप बन्द भएका छन । भाडाको विषयलाइ लिएर आइतबारदेखि जिप बन्द भएको गाडी धनी केसव धामिले जानकारी दिए । केही महिना पहिले जिल्ला प्रशासनमा सदरमुकाम खलंगाको रिङनताली देखि चल्लेगाडासम्मको भाडा २५० कायम गरेको थियो । तर जिप धनिहरुले २५० मा आफुहरुलाइ घाटा हुने भन्दै नियम बिपरित प्रतिब्यक्ती ३०० रुपैयाँ लिन थालेका थियो । स्थानीय प्रशासनबाट ३०० सय रुपैयाँ लिन थालेको गुनासो जिल्ला प्रशासन कहाँ पुगेपछी प्रशासनबाट तोकिएकै भाडादर कयम गर्न प्रहरी प्रशासनलाई निर्देशन गरिएको थियो । सोही निर्देशनको आधारमा कडा चेकजाँच हुन थालेपछि जिप ब्यवसायिहरुले आफुहरुलाइ २५० रुपैयाँ भाडामा घाटाहुने भन्दै जिप बन्द गरेको प्रतिक्रिया दिएका छन । यस बिसयमा प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले कायम गरिएको भाडादरमा जिप सन्चालन गर्नु हुनु पर्ने भन्दै कानुन भन्दा माथी कोहि नरहेकोले कानुनको पालन गर्न जिप धनिहरुलाइ आग्रह गरे । यस विषयमा दुहु गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र बडाल लाई बुझ्दा स्थानीय सरकारलाई भाडा तोक्ने अधिकार नभएको तथा समन्वयको अधिकार रहेकाले जिल्ला प्रशासन कार्यालय संग समन्वय भइरहेको बताए । आइतबार देखि जिप ब्यवसाय बन्द भएपछि दुहुका यात्रुहरुलाइ ३/४ घण्टाको पैदल यात्रा गरेर सदरमुकाम आउन जान अप्ठ्यारो परेको छ ।
