दार्चुला । जिल्लाको दुहुँ गाउँपालिका वडा नम्वर ५ को नौमुडे क्षेत्रमा ठेकेदार कम्पनिले उत्खनन गरिहेको ठाउँ भन्दा माथि जग्गा भएका जग्गा धनिहरुलाई बिना जानकारी कम्पनिले खडि उत्खनन गरिरहेको स्थानिय जमिनधनिहरुले आरोप लागाएका छन । खडि उत्खनन क्षेत्र ठेकेदार कम्पनिले आफुले लिएको भएपनि उत्खनन क्षेत्र माथिको जमिन आर्काे जमिनदारको रहेको छ ।
ठेकेदार कम्पनिले तल उत्खनन गरिसकेपछि माथिको सबै जमिन भासिएर तल आएको भन्दै स्थानिय जमिनदार उत्तम बहादुर बम अहिले क्षतिपुर्तिको लागि सामाजिक संञ्जालमा हारगुहार गरिरहेका छन ।
हामी जमिनदारहरुलाई कुनै जानकारी नगरि गाउँपालिका सँग खडी उत्खननको सम्झौता भएको बमले वताए । आफु भारतको ब्याङलोरमा रहेका बेला वल्ला पल्लाघरका ठालुहरुले घरमा भएको एक जना दाईलाई आर्थिक प्रलोभन देखाई १५ बर्ष सम्म खानी उत्खनन गर्न दिने सम्झौता पत्रमा कृते हस्ताक्षर गरि गाउँपालिका सँग सम्झौता गरेको बमको आरोप छ । यहि मंसिरमा दुहुँ गाउँपालिका लाई लिखित रुपमा खानी उत्खनन बन्द गरिदिन आफुले निवेदन दिएको भएपनि अहिले सम्म कुनै सुनुवाई नभएको बमले जानकारी दिए ।
यता ठेकेदार कम्पनिलाई यो बिषयमा बुझ्दा सबै प्रकिया मिलाएर खडी उत्खनन गरिरहेको वताए । साईड ईन्चार्ज रामानन्द भट्टका अनुसार कम्पनिले हरमल साहु सँग खरिद गरेको १९ रोपनि जमिन क्षेत्रमा खडी उत्खनन गरिरहेको वताए । खडि उत्खनन कार्यमा २५÷३० जना स्थानियहरुलाई दैनिक रोजगारी दिएको उनले वताए । उत्खनन गर्ने स्थानिय कामदारहरुलाई प्रतिकट्टा १६ रुपैयाका दरले रकम दिईरहेको वताए । आफुले काम गरेको ठाउँ भन्दा माथिको जमिनमा बर्खायामको समयमा थोरै पहिरो आएको भएपनि आफुले काम गर्दा पहिरो नआएको उनको प्रतिक्रिया छ । कम्पनिले काम गर्दा नोक्सान नभएको ठाउँमा क्षतिपुर्ती दिन नसकिने ठेकेदार कम्पनिको भनाई छ ।
