दार्चुला : अगामी चैत १७ गते देखि संचालन हुने यस वर्षको एसईई परीक्षाका लागि परिक्षा केन्द्रहरु तोकिएका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलामा शुक्रबार बसेको जिल्ला परीक्षा समन्वय समितिको बैठकले एसईई परिक्षा संचालन गर्न परिक्षा केन्द्रहरु तोकेको हो । समितिका अध्यक्ष तथा प्रमृुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकले जिल्ला भरी एसईई परिक्षा संचालन गर्न १६ वटा केन्द्रहरु तोक्ने निर्णय गरेको शिक्षा विकास तथा समन्वय ईकाइ दार्चुलाका कार्यालय प्रमुख जयराज पन्तले जानकारी दिनुभयो ।

२०७९ सालकोे एसईई परिक्षा संचालन गर्न गत वर्षकै परीक्षा केन्द्रहरु यथावत गरिएको उहाले बताउनुभयो । यस वर्ष दार्चुलाबाट २ हजार ९ सय ७१ जनाले एसईई परीक्षामा भाग लिने बताइएको छ । बैठकले महेन्द्र मावि खलंगा, मालिकार्जुन मावि धाप, गोकुलेश्वर मावि गोकुलेश्वर, शंकरपुर मावि पस्ती, लटिनाथ मावि रस्कोट मार्मा, तपोवन मावि पडपडा, हिमालय मावि हुती, कृष्ण मावि लाली, लटिनाथ मावि चन्दनपुर चौपाता, गणेश विनायक मावि सिप्टी, लटिनाथ मावि खार, राष्ट्रिय मावि दत्तु, जनविकास मावि बारबाज, मालिकार्जुन मावि मड, सरस्वती मावि उकु र कृष्ण मावि बलाँचमा गरी १६ वटा केन्द्रहरु कायम गरिएको उहाले बताउनुभयो । नियमित र पुरक गरी २ हजार ९ सय ७१ जना परीक्षार्थीले परीक्षामा सहभागिता जनाउने छन् ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति डम्बर बहादुर बिष्ट, जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख एवं प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेय लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय