दार्चुला : जिल्ला सदरमुकाम खलंगामा फागुन–चैतदेखि जेठसम्म खानेपानीको अभाव खटकिन्छ । सुख्खा सयम भएकाले अधिकांस पानी मुहानमा यो समयमा पानी कम हुन्छ । जसका कारण उपभोक्ताका धारामा पानी आउदैन् । खलंगामा बसोबास गर्ने बासिन्दाहरुले सधै पानीको अभाव झेल्नुपरिरहेको छ । बजार क्षेत्रको वडा नम्बर ४ र ५ मा तीन÷चार वटा पानी फुट्ने मुहान मात्रै छन् । पानीको हाहाकार परेका बेला तीनै मुहान उपभोग हुन्छन् । महाकाली नगरपालिका–४ रिङनेतालस्थितको पानी मुहान अहिले निक्कै प्रदुषित बनेको छ ।

यहाँको पानीलाई धेरै स्थानीयले खाना बनाउने वा स्नान, भाँडा बर्तन धुनेजस्ता आन्तरिक काममा नै प्रयोग गर्ने गरेका छन् । धेरैले त यही पानीलाई सीधै पिउनेसमेत गरेका छन् । तर, यो पानी पिउन लायक छ कि छैन ? भनेर कसैले पनि हेर्ने गरेका छैनन् । बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुदाँ आवतजावत गर्ने मानिसहरुले पानी मुहानको छेउमै दिशापिसाब गर्ने गरेका छन् ।

त्यहाँ एकछिन उभिएर नियाल्ने हो भने शौच गर्नेहरुको लाइन देख्न सकिन्छ । खोच जस्तो रहेको उक्त ठाउँ शौच गर्नेहरुका लागि उपयुक्त रहेको छ । त्यहाँको दिशापिसाबको दुर्गन्धले व्यसाय संचालन गर्न समस्या भइरहेको होटल व्यवसायी बहादुर सिंह ठगुन्नाले बताए । त्यस क्षेत्रमा हिडडूल गर्दा पनि नाक थुनेर हिड्नुपर्ने अवस्था छ । यस क्षेत्रको सरसफाइ र शौचालय निर्माणमा नगरपालिकाले ध्यान दिएको छैन् । दार्चुला सदरमुकाम खलंगामा सार्वजनिक शौचालयको अनिर्वाय आवश्यकता रहेको स्थानीयहरु बताउँछन् ।

महाकाली नगरपालिकाले खुलामन्चको छेउमै कर्मचारी राखेर शौचालय संचालन गरिरहेको छ । त्यसबाहेक बीरेन्द्र वनस्थित बसपार्क क्षेत्रमा शौचालय रहेको भएपनि व्यवस्थित छैन् । अन्य कुनै पनि ठाउँमा सार्वजनिक शौचालय नहुदाँ जथाभावी नगर दुर्गन्धित हुदै गएको छ । यसले पानी र वातावरणलाई मात्रै दुषित गरेको छैन् यसले त स्वच्छ अनि सुन्दर नगरलाईसमेत गिज्याइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय