दार्चुला । जबरजस्ती करणी गरेको आरोपमा दार्चुलामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार राती करिब १० बजेतिर जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय प्रेम पार्कीलाई प्रहरीले प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाको लेकम गाउँपालिका झलाती घर भई हाल शैल्यशिखर नगरपालिका–९ पथ्थरयानीस्थित ससुराली घरमा बस्दै आएका पार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको प्रहरी निरीक्षक एवम सुचना अधिकारी राजेश शाहीले जानकारी दिए ।
मानसिक अवस्था ठिक नभएकी ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । पार्कीले महिलालाई जबरजस्ती करणी गरेको भन्ने स्थानीयको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका पार्कीलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा लिएर मुद्धा दर्तागरी अदालतबाट ७ दिनको म्याद थपगरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

