दार्चुला : जिल्लाको मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदन सिंह धामी एक महिलालाई जबरजस्तीकरणी गरेर फरार भएका छन् । गाउँमा जबरजस्तीकरणी गरेको कुरा बाहिर आएपछि उनि माघ महिनामै फरार भएको बताइएको छ ।
उनले गाउँकै साला नाता पर्नेको श्रीमतीलाई माघ २० गते राती घरमा गएर जबरजस्तीकरणी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । वडा अध्यक्ष धामी गत वैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनि अहिले फरार रहेको प्रहरीले जनाएको छ । उनको नाममा गत शुक्रबार पिडित महिलाले जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय दार्चलाका सूचना अधिकारी राजेश शाहीले जानकारी दिनुभयो । फरार रहेका वडा अध्यक्ष धामीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनि माथी लागेको आरोप प्रमाणित भए कानूनी कारबाही हुने पनि प्रहरीले जनाएको छ ।
यता वडा सचिव मदन धामीका अनुसार वडा अध्यक्ष काठमाण्डौँमा रहेका छन् । उनि माघ महिनामा जेष्ठ सदस्य करन सिंह धामीलाई कार्यबाहक वडा अध्यक्षको जिम्मेबारी दिएर उपचारका लागि काठमाण्डौँ गएको सचिव धामीले बताउनुभयो ।
वडा अध्यक्ष कार्यालयमा लामो समय देखी उपस्थित नहुँदा कार्यालयबाट प्रवाह हुने केहि सेवाहरु सेवाहरु अबरुद्ध भएको सचिव धामीले बताउनुभयो । नाता प्रमाणित, नेपाली नागरिकताका लागि सिफारिस लगातयका सेवाहरु प्रभावित भएको बताइएको छ ।
