दार्चुला : भोली देखी नेपाली सेनाले सैन्य पदको छनौट गर्ने  भएको छ । सेनाले आर्थिक वर्ष २०७९÷०८० को वार्षिक कार्यतालिका बमोजिम संचालन भई रहेको नेपाली सेनाको सैन्य पदको छनौट गर्न लागेको गुरु गोरख गुल्म दार्चुलाका गुल्मपति मनिस प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । सरकारी विज्ञापनहरुमा थारु समुदायका लागि पनि कोटा निर्धारण गर्नुपर्ने माग राख्दै थारु कल्याणकारीणी सभाका केन्द्रीय महामन्त्री प्रेमीलाल प्रसाद चौधरीले सर्वोच्च अदालयमा रिट निवेदन हालेका थिए ।

सोही कारण रोकिएका परिक्षाहरु पुनः संचालन गर्न माघ २४ गते सर्वोच्च अदालतले आदेश दिए बमोजिम परिक्षाहरु पुनः संचालन गरिने नेपाली सेनाको गुल्मले जनाएको छ । खलंगा गुल्ममा ५० जना सैन्य पदका लागि भर्ना खुलेको थियो । ५० जनाको लागि ८ सय ४३ जनाले आवेदन दिएका छन् । छनौट भोली विहान ७ बजे देखी गरिने बताइएको छ । फागुन ११ गते भोली, पर्सी र निपर्सी महिलाको मात्र छनौट हुने तथा फागुन १४ गते देखी १८ गते सम्म पुरुषहरुको छनौट गर्ने गरी नेपाली सेनाले सयम तालिका सार्वजनिक गरेको छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय