दार्चुला । जिल्लाको नौगाड गाउँपालिकाकि एक महिला हराएकी छिन । वडा नम्बर ३ घर भएकी २४ वार्षिया लक्ष्मी ठगुन्ना नाम गरेकी महिला  यहि फागुन ६ गते देखि हराएको उनका देवर शिशिर ठगुन्नाले जानकारी दिए । ६ बर्ष अगाडि श्रीमान वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेका छन । पर पुरुष संग केही समय अगाडि देखि सम्बन्ध जोडिएको र त्यही पुरुषले लगेको हुन सक्ने परिवारको आशंका रहेको देवर ठगुन्नाले सिद्धटोपी खबर लाई जानकारी दिए । २ तोला सुन सहित ६ लाख रुपैया नगद लगेको उनका श्रीमान दिलेन्द्र ठगुन्नाले बताए ।
अब श्रीमती चाहिदैन आफनो सम्पत्ति पाए आफू खुसी हुने श्रीमान बताउन्छ्न ।
अहिले घरपरिवार उनको खोजिमा लागेको छ । तर अहिले सम्म कहाँ छिन के गर्दै छिन भन्ने बारे केहि जानकारी छैन । कोहि कसैले देखे पाए प्रहरीलाई सम्पर्क गरिदिन उनका श्रीमानले आग्रह गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय