दार्चुला । जिल्लाको ब्यास गाउपालिका वडा नम्बर ४ का एक युवाको कालिज र टर्की ब्यवसाय  अहिले फस्टाउदै गइरहेको छ । ब्यास ४ का राजेन्द्र बिष्टले  मोनालिसा कृषि तथा पशुपन्छि फर्म सञ्चालन गरि कालिज र टर्की ब्यवसाय गरिरहेका छ ।

चारैतिर हरियाली माथी जङ्गल चारैतिर घेरबार गरि नीलो र माथी सेतो प्यारासुट जालीले ढाकिएका फार्मभित्र चिरबिर-चिरबिर गर्दै धुलोमाटोमा खेलिरहेका कालिज, लौकाट हेर्दै आकर्षक देखिन्छ ।  उतापट्टिको फर्म मा हेरुहेरु लाग्ने आकर्षक टर्की पनि रहेका छन । धेरैजसो मानिस उनले निर्माण गरेको फर्म र कालिजहरु अवलोकन गर्न आउछन् ।

बिष्ट परिवारका ४ जना दैनिक फार्ममै कामगरि राखेको छ्न ।

उनी कालिजमात्र होइन लौकट र टर्की पाल्छन् निकट भबिश्यमा अस्ट्रिरिच पनि पाल्ने उनको योजना छ ।
साथै बोयर जात का बाख्रा पनि पालन गर्नको लागि आधुनिक खोर निर्माण कार्य मा ब्यस्त देखिन्छ्न । उनी
ब्यवसाय गर्ने उद्देश्यले फार्ममा पुग्ने किसानहरूलाई सल्लाह पनि दिन्छन् ।

कालिज पालनबाट घाटा नहुने उनको अनुभव छ ।
कालिजले दानापानी पनि कम खाने र रोग पनि अरु पन्छीको भन्दा कम लाग्ने उनी बताउँछन् । ‘कालिजपालनमा धैर्य चाहिन्छ, घाटा हुँदैन।’ पछिल्लो समय ग्राहकको माग धान्न नसकिएको उनी बताउन्छन ।

मोनालिसा कृषि तथा पसुपन्छी  फर्म सञ्चालन गरेका उनले दार्चुलामा कृषि व्यवसायको सम्भावना देखेर हस्पिटालिटि कन्सल्टेन्ट को जागिर तत्काल छोडेर पोखरा बाट यता आएको सुनाए ।

सुरुमा उनले फार्म निर्माणमा १२ लाख लगानी गरेको बताए । अहिले लगानी बढाएर २५ लाख पुगेको उनी बताउछन । फार्ममा आफ्नो परिवार, बुबा आमा दाइ र आफु गरि चार जना काम गर्छ्न । उनले एक जना भेटेरिनरी डाक्टर राख्ने र प्रयोग शाला  खोल्ने सोच बुनेका छन ।  ‘दानापानी खुवाउनेदेखि रेखदेखसम्म २४ घण्टा खटिन्छौं’, राजेन्द्रले भने, ‘त्यसको प्रतिफल राम्रै छ ।’

सो फार्ममा कालिजको माग दार्चुला बजार र भारतको धार्चुलाबाट आउँछ तर पुर्‍याउन सकेका छैनौं’, उनले भने
तिन्कर सडक समयमै बिस्तार नभएकाले धेरै उपभोक्ताहरुले  दु:ख पाएको उनी बताउन्छन ।

कालिज चर्न कुखुरालाई भन्दा फराकिलो ठाउँ चाहिन्छ । त्यसैअनुसार यहाँ अगाडि को भन्दा फराकिलो बनाउदै छौ । कालिजलाई १८ देखि २४ डिग्री तापक्रम उपयुक्त मानिन्छ । आहारामा हरियो घाँस, जै घाँस, जौ, गहु र मकै दाना दिन्छौं।

गाउँ मा आफ्नै १५ रोपनी जग्गा मा उनले कालिज टर्की लौकाट व्यवसाय सुरु गरेका हुन् ।

सुरु मा दुई सय कालिजका चल्ला दुई सय पचास टर्की र एक सय लौकाटको चल्ला बाट सुरु गरेको उनी बताउँछन । सो फार्मबाट कालिज, टर्की र लौकाटको ‘होम डेलिभरीपनि’ हुन्छ ।

फार्म हेर्नमात्र धेरै मानिस आउँछन्।
उनले भने-
ग्राहकका लागि यहीँ बसेर खान मिल्ने व्यवस्था रेस्टुरेन्ट खोल्ने तयारी मा रहेको सुनाए ।

फार्ममा काम गर्ने कामदारसमेत नभेटिएको उनको गुनासो छ । ‘कालिज, टर्की बिरामी भए आफैं गएर औषधि ल्याउँछु । दुइ वर्ष अनुभव भयो’, उनले भने, ‘डेलिभरिदेखि चल्लाको रेखदेख गर्न आफैं खटिनुपर्छ ।’

उनले भने बिस्तारै अन्डाको लागि लेयर्स  कुखुराको छुट्टै फार्म निर्माण गर्ने बताउँछन् साथै बाख्रा पालनको लागि पनि आधुनिक खोर निर्माण कार्य अन्तिम चरणमा छ अरु सबैकाम सकिएको छ ।  बोयेर बाख्रा पालन पनि गरेर दार्चुला कै नमुना फर्म बनाउछौ उनले भने ।

कालिज, टर्की, लौकट पालन व्यवसाय नेपालमा नयाँ हो । यहाँ त्यसका अण्डा र चल्ला नेपालको सबै ठाउँमा पाइँदैन । राजेन्द्र ले चल्ला उत्पादन को लागि ह्याचरि मेसिन समेतको व्यवस्था गरेका छन् ह्याचरि मेसिन गाउँपालिका बाट अनुदानमा पाएको उनी बताउन्छन ।

अन्य पक्षीभन्दा कालिजको मूल्य महँगो पर्छ । नेपालमा जहाँ पनि तौलेर नभई प्रतिगोटाका हिसाबले बिक्री गर्दै आएकाले उनले पनि गोटाको हिसाबले मूल्य तोकेर बिक्री गर्ने गरेको बताए ।

उनका अनुसार तीन सय ५० देखि तीन हजार ५ सयसम्ममा कालिज बिक्री हुन्छ । ‘दानापानी गरेर एउटा चल्लाकै लागत रु एक हजारसम्म पर्छ । छ महिना दानापानी खुवाएर हुर्काएको कालिजलाई पचिस सय तीन हजार सम्ममा बिक्री गछौं’, व्यवसायी राजेन्द्रले भन्नू भयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ अनुसार डाँफे, मुनाल, कालिजलगायतका वनजङ्गलमा पाइने पक्षी पाल्न तथा सिकार गर्न प्रतिबन्ध गरिएको थियो ।

विदेशबाट आयात गरिएको ‘रिङनेक’ जातको कालिज पाल्न तथा सिकार गर्न पाइने भएकाले नेपालमा कालिज पाल्नेको लहर चलेको ब्यवसायी राजेन्द्र सिंह बिष्ट को भनाइ छ ।

नेपाल सरकारले कालिजपालनलाई अनुमति दिएको लामो समय भइसकेको छैन । कालिजको मासु स्वादिष्ट र पोषणयुक्त हुने भएकाले माग हेरेर कालिजको सङ्ख्या बढाउने उनको लक्ष्य छ ।

कालिज बिक्रीका लागि बजारको कुनै अभाव नरहेको र सर्वसाधारणको भान्छामा सहजै पुर्‍याउने योजना उनको छ । ‘ठूला होटलदेखि सर्वसाधारणको भान्सामा कालिजको मासुको माग हुन्छ, उत्पादन हुनुपर्‍यो मासुको बजारको समस्या छैन’, उनले भने हामी बिस्तारै मुल्य घटाउछौ।

कालिज छ महिनादेखि मासुका लागि तयार हुन्छ । भाले कालिजको तौल औसतमा डेढ किलोग्रामसम्म पुग्छ । पोथी भने नौ सय ग्रामदेखि एक किलोसम्म तौलको हुन्छ ।

यसले माघदेखि असारसम्म अण्डा दिने र वर्षको एक मौसममा एउटा पोथीले ५५देखि ७५वटा अण्डा पार्छ ।

चल्ला हुर्काउन सकिए पनि चल्लाबाट राम्रो आम्दानी लिन सकिने उनको विश्वास छ ।

सानो बच्चामै एक–दुईवटा खोप दिएपछि कुनै रोग कालिजमा देखिएको छैन । कालिजका लागि पहाडी क्षेत्रको भू–भाग र हावापानी राम्रो हुन्छ राजेन्द्र ले भन्नू भयो।

‘कुखुराभन्दा कालिजलाई प्रोटिनको मात्रा धेरै भएको दाना चाहिन्छ, घाँस पर्याप्त भए ५० प्रतिशत दाना र ५० प्रतिशत घाँस खुवाउन सकिन्छ, त्यो भयो भने लागत पनि घट्न जान्छ’, उनले भने ।

फार्ममा पालिएका कालिज एक–अर्कालाई ठुङ्ने, लड्ने भएकाले खेल्न र उड्न मिलोस् भनेर अग्लो गरी नाइलन जाली लगाएर घेरिएको छ ।

राजेन्द्र ले तिन्कर सडक राम्रो सङग बिस्तार भयो भने धेरै जना ले आफ्नै ठाउमा रोजगारि पाउनेमा बिस्वस्त छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय