दार्चुला । जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालय तराइ होली बिदाको दिन बन्द हुदा सेवा ग्राही मर्कामा परेका छ्न ।
बिहानै जन्मदर्ता लिन वडा कार्यालय गएका ब्यास ४ डोकटका दिवान सिंह बिष्ट कार्यालय बन्द देखेपछि खाली हात घर फर्किएको सामाजिक संजाल फेसबुकमा लेखेका छन ।
यस बिसयमा वडा नम्बर ४ का वडा अध्यक्ष झुन सिह बिष्ट लाई बुझ्दा तराइ होलिको बिदा सम्झिएर कर्मचारीहरुले कार्यालय बन्द गरेको हुन सक्ने बताए । अरु कुनै कारणले कार्यालय बन्द नभएको र कर्मचारी झुक्किएर कार्यालय बन्द हुन पुगेको स्वीकारे । तर आज गाउँपालिकाका अन्य सबै कार्यालयहरु खुल्ला रहेको गाउँपालिकाले जनाएको छ ।
