दार्चुला । जिल्लाको अपि हिमाल गाउँपालिका वडा नम्बर ६ मा रहेको गौरीशंकर आधारभूत विद्यालयको ३४ औं वार्षिकोत्सब सम्पन्न भएको छ ।
बुधबार बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धन सिह धामिको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि अपि हिमाल गाउँ पालिका शिक्षा शाखा प्रमुख बिरेन्द्र सिह साउद रहनु भएको थियो । बिद्यालयकि प्रधानाध्यापक कलावती पन्तले गत आर्थिक बर्ष २०७८/०७९ को बार्सिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । अपि हिमाल गाउँ पालिका वडा नम्बर ६ का वडा अध्यक्ष धर्म सिह धामी बिशिस्ट अतिथि रहनु भएको कार्यक्रममा शिक्षक, अभिभावक लगायत बिद्यार्थि हरुको उपस्थिति रहेको थियो ।
यस्तै सोही दिन ११३ औं नारी दिवस पनि सम्पन्न भएको छ । गाउँपालिका वडा नम्बर ६ भित्रका जम्मा ८ आमा समूहले विभिन्न प्रतियोगितामा भाग लिएको अपि हिमाल सहकर्मी भकत सिह धामीले जानकारी दिए ।
