दार्चुला । जिल्लाको मालिकार्जुन गाउँपालिकालाई नेपाली कांग्रेसले १४ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाली कांग्रेस गाउँकार्य समितिले एक कार्यक्रमका बिच आज ध्यानाकर्षण पत्र बुझाएको हो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्म गरेका काम कमजोरीहरू लाई समावेश गरेर निर्णय सच्याउन तथा कमजोरी सुधार गरि जनतालाई शु–सासनको प्रत्याभूति दिलाउन ध्यानाकर्षण पत्र बुझाएको नेपाली कांग्रेस गाउँकार्यसमितिका सभापति किसन सिंह सामन्तले जानकारी दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष कल्यान सिंह धामी प्रमुख प्रशासकिय अधिकृत सुरज जोशीलाई ज्ञापन पत्र बुझाइएको उहाँले बताउनुभयो ।
मालिकार्जुन गाउँपालिकाका पुर्व अध्यक्ष नरेन्द्र सिंह धामीको नेतृत्वमा ध्यानाकर्षण पत्र बुझाइएको हो । १४ बुदे ध्यानाकर्षण पत्रमा विगतको सरकारले संचालन गरेका योजनाहरुलाई निरन्तरता नदिएको दुख व्यक्त गर्दै महत्वकांक्षी योजनालाई सञ्चालन गर्न माग गरिएको छ । यस्तै गाउँपालिका भित्र निर्माण भइरहेका १७ वटा सडकमा बजेट विनियोजन गर्न माग गरिएको छ । विगतको सरकारले नियुक्त गरेका गाउँपालिकाका कर्मचारीलाई बिना कारण विभेदकारी ढङ्गबाट हटाएकोले योग्य कर्मचारीलाई पुन नियुक्त गर्न माग गरिएको छ ।
गाउँपालिकाका जनप्रतिनिधिले खानेपानीका पाइप आफु अनुकुलका कर्मचारीलाई वितरण गर्दा वास्तविक खानेपानी पिडित समस्यामा रहेको प्रति काग्रेसले आपत्ती जनाएको छ । ध्यानाकर्षण पत्रमा गाउँपालिकाले विभिन्न क्षेत्रमा अनियमितता गरेको भन्दै काग्रेस मालिकार्जुनले आपत्ती जनाएको । गाउँपालिको नागरिकको हितमा भन्दा आफ्ना स्वास्र्थपुर्ती गर्ने तर्फ अग्रसर भएको पुर्व गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले आरोप लगाउनुभयो । गाउँपालिका अध्यक्ष हिरा सिंह धामीलाई १ घण्टाको समय माग्दा समेत समय नदिएको उहाँले गुनासो गर्नुभयो ।  कार्यक्रमा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि, नेपाली कांग्रेसका नेता कार्यक्रता लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय