दार्चुला । दोहोरो नागरिकता लिएको भन्दै आफुमाथि लागेको आरोपबारे पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले संसदलाई जानकारी गराउनु भएको छ । सिन्धुली घर भएका युवराज पौडेल सफलले गृह मन्त्रालयमा उजुरी दिएको भन्ने समाचारमा आफ्नो समेत नाम भएकाले आपत्ती जनाएका छन् । बुधबार बसेको संसद बैठकमा बोल्दै सांसद बडूले दोहोरो नागरिकता भएको आरोपको पुष्टि गर्न  चुनौती दिनु भएको छ ।

उहाले देशको स्वाभिमान माथि समेत क्षति पुग्ने भन्दै यस किसिमका आधारहिन कुराहरु गर्ने माथी यथाशिघ्र कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ । दोहोरो नागरिकता लिएको भन्दै पूर्वमन्त्री सहित १२ जना नाम उल्लेख गरिएको थियो । उदयपुरबाट प्रतिनिधि सभामा निर्वाचित डा. नारायण खड्काले दोहोरो नागरिकता लिएको भन्दै छानबिन गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको हो ।

उजुरीमा खड्का सहित राजेन्द्र महतो, सरिता गिरी, सुजता कोइराला, अनुराधा कोइराला, रेणु दाहाल पाठक, गङ्गा दाहाल प्रधान, परमानन्द झा, देवेन्द्रराज कँडेल, डा.स्वर्णिम वाग्ले, डा. मिनेन्द्र रिजाल र दिलेन्द्रप्रसाद बडुको दोहोरो नागरिकता रहेको उजुरीमा दाबी गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय