दार्चुला । नेपाल विद्यार्थी संघ दार्चुलाले जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरेको छ । आफ्नो ५४ औँ स्थापना दिवसको अवसरमा नेविसंघ दार्चुलाले अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरेको हो ।आफ्नो स्थापना दिवस विविध कार्यक्रम गरी मनाउने उद्धेश्यका साथ बिरामीहरुलाई फलफूल वितरण गरिएको नेविसंघ दार्चुलाका उपाध्यक्ष दिपक खातीले जानकारी दिए । यस्तै नेविसंघले ड्युटीमा खटिएका सुरक्षाकर्मीहरुलाई समेत फलफूल वितरण गरेको छ ।
