सुदूरपश्चिम । मुख्यमन्त्री कमलबहादुर शाह यहि बैशाख ९ गते शनिबार दार्चुला आउने कार्यक्रम तय भएको छ । मुख्यमन्त्री शाहले ९ गते बिहान गोकुलेश्वरमा रहेको सहिद रामचन्द्र हमाल स्मृति प्रतिसठान र जगतपुरी बृद्वाश्रमको उद्घाटन गर्ने त्यसपछि मालिकार्जुन धामको दर्शन गरि जिल्ला सदरमुकाम खलंगा पुग्ने कार्यक्रम रहेको छ । खलंगामा शाहले महेन्द्र नमुना माबिको अवलोकन पश्चात ९ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु संगको अन्तरक्रिया कार्यक्रम गर्नु हुने भएको छ ।
प्रदेश सभा सदस्य बिक्रम सिह धामीको सचिवालयका अनुसार मुख्यमन्त्री कमलबहादुर शाहले महाकाली तटबन्ध निर्माण तथा गत भाद्र २४ गते आएको लास्कु खोलामा बाढि पहिरोबाट भएको क्षेतिको अवलोकन गर्नु हुनेछ । मुख्यमन्त्री शाह संगै प्रदेश सभा सदस्य बिक्रम सिह धामी पनि संगै आउने बताइएको छ ।
यस्तै सोही दिन साझ नेपाली काङ्ग्रेस पार्टीका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । मुख्यमन्त्री शाह १० गते मात्रै दार्चुलाबाट सुदूरपश्चिम राजधानी धनगढी फर्किने कार्यक्रम रहेको सचिवालयले जनाएको छ । 
