दार्चुला । नेकपा एमाले २०८४ मा सबैभन्दा ठूलो दल बन्ने नेकपा एमाले पोलिटब्युरो सदस्य एवम दार्चुला जिल्ला इन्चार्ज गणेश सिह ठगुन्नाले बताउनु भएको छ । बिहीवार जिल्ला सदरमुकाम खलंगामा प्रेस चौतारी नेपाल दार्चुला शाखाको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा उहाँले देशमा कुनै पनि दलको बहुमत नभएको र देश अस्थिरता तर्फ गैइरहेको बेला अबको चुनावमा एमाले एक्लैले बहुमत ल्याएर सरकार गठन गर्ने धारणा राखेका छन । देशब्यापी रुपमा संचालनमा रहेको नेकपा एमालेको मिसन ग्रासरुट कार्यक्रममा अहिले जनता उत्साहित रहेको र नेकपा एमालेलाई चाहेको धारणा राखे ।
नेकपा एमालेको २ महिने लामो मिसन ग्रासरुट कार्यक्रमले कार्यकर्ता लाई थप जिम्मेवार, शसक्त वनाएको ठगुन्नाले वताए । देशमा अहिले अस्थिर सरकार रहेकोले देशको अर्थतन्त्रमा तत्काल सुधार नआउने, विकासको निर्माणले गति नपाउने र देशमा विभिन्न संकटहरु पैदा हुने धारणा राखे ।
जिल्लामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको काम प्रति जनताहरुमा खासै सन्तोसजनक अवस्था नरहेको र अवको नयाँ आर्थिक बर्षमा जनमुखी कार्यक्रम तय हुने र कार्यान्वय हुने धारणा राखे ।
नेकपा एमाले सरकारमा रहेको बेला प्राथमिकतामा परेका योजनाहरु काटिएको र सवै योजनाहरु अहिले अलपत्र परेको उनले वताए ।
