दार्चुला । सुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाह दार्चुला पुग्नु भएको छ । शुक्रवार साँझ गोकुलेश्वर पुगेका शाहले शनिवार विहानै गोकुलेश्वरमा रहेको जगतपुरी वृद्धाश्रमको उद्धघाटन गर्नु भएको छ । त्यसपश्चात राट्रको सातौँ धामका रुपमा रहेको मालिकार्जुन धामको दर्शन गरी दिउँसो जिल्ला सदरमुकाम खलंगा पुग्नु भएको हो । जिल्ला सदरमुकाम खलंगामा मुख्यमन्त्री शाहले जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, स्थानिय तहका प्रमुख, राजनीतिक दलका प्रमुख लगायत जिल्लाका सरोकारवाला निकायहरु सँग भेटघाट तथा अन्तक्रिया गर्नु भएको छ । अन्तक्रिया कार्यक्रममा स्थानिय सरकारका प्रमुखहरुले लिखित, मौखिक रुपमा मुख्यमन्त्री शाहलाई दार्चुला जिल्लाका समस्याहरु राख्नु भएको छ । शाहले दार्चुला जिल्लाका हरेक समस्यालाई मध्यनजर गर्दै प्रदेस सरकारबाट गर्न सकिने सबै कुरा गर्ने प्रतिवद्धता जनाउनु भएको छ । त्यस्तै राजनीतिक दलहरुले पनि प्रदेसका योजनाहरु विगतमा कमिसन र पावरका भरमा जिल्ला आउने भन्दै आवश्यकता र औचित्यको आधारमा योजना छनौट गर्न सुझाव दिनु भएको छ । मुख्यमन्त्रीको टोलीमा सांसद द्धय विक्रम सिह धामी, लक्ष्मी विक र सुदूरपश्चिम प्रदेश योजना तथा नीति आयोगका उपाध्यक्षको सहभागिता रहेको छ ।
