काठमाडौँ । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेर १ मिनेटमा संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको संसद् सचिवालयले जनाएको छ ।
बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिने सहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले “प्रतिलिपि अधिकार ९पहिलो संशोधन०विधेयक, २०७६ फिर्ता गरियोस्” भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा।भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
