काठमाडौं । आज प्रि–बजेटका बारेमा सांसदहरूले राखेका प्रश्नमा अर्थमन्त्री डा। प्रकाशशरण महतले जवाफ दिने कार्यसूची छ ।

गत आइतबार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदहरूले राखेका प्रि–बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् ।

प्रि–बजेटका बारेमा सांसदहरूले आ–आफ्नो धारणा राखिसकेका छन् । अर्थमन्त्री महतले राष्ट्रिय सभामा सासदहरुले उठाएका सवालको जबाफहरू भने मंगलवार नै दिइसकेका छन् ।

उनले जवाफ दिने क्रममा सामाजिक सुरक्षा भत्ता नकाटिने जनाउँदै विश्वस्त हुन आग्रह गरेका छन् । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते आउन लागेको बजेटको पुर्व सन्ध्यामा प्रि–बजेटका बारेमा सदनमा छलफल भएको हो । News 24

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय