कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियूक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार नियूक्त गरेका मन्त्री तथा राज्यमन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।

प्रदेशको सामाजिक विकास मन्त्रीमा नेकपा माओवादी केन्द्रका झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा रमेश धामी र राज्यमन्त्रीमा गितादेवी माललाई नियूक्त गरेका थिए भने आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहलाई नियूक्त गरेका थिए ।

नवनियूक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ लिएपनि कार्यभार भने आइतबार देखि सम्हाल्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय