आज सामाजिक सञ्जाल फेसबुकमा आफूले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको समयमा बुझेको दैनिक तथा भ्रमण भत्ता फिर्ता गर्ने जनाएका हुन् ।

सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले विगत पाँच वर्षदेखि गैर कानूनी रूपमा दैनिक तथा भ्रमण बुझेको विशेष रिपोर्ट प्रकाशित भएको थियो ।

‘म यसै फेसबुक पोष्ट मार्फत सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छु, मैले उक्त सुविधा बापत प्राप्त गरेको रकम प्रदेश सभा कार्यालयमा फिर्ता गर्ने छु’ उनले लेखेका छन्, ‘साथै अब उप्रान्त यस्ता विषयमा सचेतता अपनाउने छु । आलोचनात्मक सुझाव सल्लाहको लागी सबैलाई हार्दिक धन्यवाद । यसरी नै हामी सबैले खबरदारी गर्न जरुरी छ । धन्यवाद !’

उनले यस अघिबाटै यस्तो सुविधा लिइरहेको उल्लेख गर्दै उनले कानुनी, वैधानिक व्यवस्थाका विषयमा धेरै जानकारी नलिएको स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको समयमा प्रदेश सभा सदस्यहरूले यातायात खर्च र दैनिक भत्ता दिने विगतको प्रणाली रहेछ । सांसदहरूलाई टिकट बोर्डिङ पास दिन भनिएको थियो सोही अनुसार मैले पनि दिएको हो । यो विषयमा सबै कानुनी, वैधानिक व्यवस्था के छ भन्ने कुरा हेरिएन किनभने प्रदेशसभाले यो व्यवस्था छ भनेपछि सोही बमोजिम कागजपत्र बुझाइयो ।’

सुदूरपश्चिम प्रदेशका सभामुख उपसभामुख सहित ४९ जना प्रदेश सभा सदस्यहरूले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका भ्रमण आदेश स्वीकृत गराए प्रतिव्यक्ति ५३ हजार सम्म बुझेका छन् ।

‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५’ अनुसार प्रदेशकै कामका लागि हिँडेका सदस्यले समेत दैनिक भत्ता र भ्रमण भत्ताबाहेक अन्य सुविधा पाउने व्यवस्था छैन ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा गएका सभामुख उपसभामुख लगायतका सांसदहरूले दैनिक तथा भ्रमण भत्ताबाहेक हवाई जहाजको टिकट र १ हजार फुटकर खर्च पनि बुझेका हुन् ।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा मात्रै प्रदेश सभा सचिवालयले १६ लाख बढी रकम दैनिक तथा भ्रमण भत्ता, विमानको टिकट र फुटकर खर्चमा खर्च गरेको छ ।

सांसद भाटले सुविधाप्रति प्रश्न उठेको र बहसमा आएपछि आफूले लिएको रकम फिर्ता गर्ने जनाएका हुन् ।cp nepalpress

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय