दार्चुला : नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा विक्रम सिंह धामी चयन हुनुभएको छ । शुक्रवार संसदीय दलका नेता कमल बहादुर शाहले सचेतकमा धामीलाई चयन गर्नुभएको हो । प्रदेशसभा सदस्य धामीलाई काँग्रेस संसदीय दलको विधान २०७४ को दफा ११(१) बमोजिम जेठ १२ गतेदेखि प्रमुख सचेतकमा नियुक्त गरिएको छ । धामी दार्चुला प्रदेश सभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।
