धनगढी । सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सवार गाडी दुर्घटनामा परेको छ ।

उद्धारका लागी सुर्खेत बाट हेलीक्पटर आउन लागेको प्रहरीले जानकारी दिएको छ । उनीहरुको उद्दार गरेर उपचारका लागि केदारस्युँ गाउँपालिका–१ देउरास्थित ऋृतु पोलिक्लिनिकमा लगिएको छ । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ लैजाने तयारी रहेको बझाङ प्रहरीले जानकारी दिएको छ ।

सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुरा बाट बझाङ चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

दुर्घटनामा परि मन्त्री सिंह सहित ५जना घाइते भएका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय