दार्चुला असोज १३ । दुुहूँ गाउँपालिकाको कार्यपालिका वैठक सम्पन्न भएको छ । वुधवार गाउँपालिका अध्यक्ष पुलेन्द्र वहादुर कार्कीको अध्यक्षतामा वसेको गाउँ कार्यपालिका वैठकले विभिन्न निर्णय पारित गरेको छ ।

भाद्र १३ गते राति परेको अविरल वर्षाका कारण वाढी पहिरो पिडीतलाई पालिकामा संकलित राहत सामग्री वितरण गर्ने, विस्थापित घरपरिवारलाई आवश्यक जस्तापाता र राहतको लागी भारतिय राजदुतावासलाई माग गर्ने निर्णय गरिएको दुहुँ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र सिह बडालले जानकारी दिए ।

त्यस्तै आज वसेकै कार्यपालिकाले गाउँपालिका अन्तर्गत वाढी र पहिरोमा बगेका सवै झोलुङगे पुलहरुलाई तत्काल सर्वेका लागी टिविएसयू लाई अनुरोध गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय