दार्चुला । नेपाली काँग्रेसको १४ औ, अधिवेशन सम्पन्न भए पश्चातको तेस्रो र अघिल्लो कार्यसमिति पश्चात झण्डै ११ महिना पछि नेपाली काँग्रेस केन्द्रिय कार्यसमिति बैठक ‌यहि श्रावण २ गते देखि निरन्तर रहेकोछ। काँग्रेस केन्द्रिय कार्यसमितिले, पार्टी सभापति ज्यूको प्रस्ताव बमोजिम संभवतह नेपालमै पहिलो पटक पार्टीको केन्द्रिय कार्यसमिति बैठकको प्रत्येक्ष प्रसारण गरी नौलो प्रयोग पनि गरिरहेकोछ । प्रयोगको सन्द्रभमा चालु केन्द्रिय कार्यसमिति देखि सवै तिर मिश्रित प्रतिकृयाहरु आइरहेको देखिन्छ।
चालु बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा द्वारा प्रस्तुत १० वटा प्रस्तावहरु, महामन्त्री गगन कुमार थापा द्वारा प्रस्तुत राजनैतिक प्रतिवेदन, बार्षीक कार्ययोजना, लगायत पदाधिकारीहरु वाट प्रस्तुत बिविध प्रतिवेदनहरु माथि छलफल हुने गरी बैठकको कार्यसुची तय गरिएको देखिन्छ। आजको मिति सम्म प्राय सबै केन्द्रिय सदस्यहरुले छलफलमा भाग लिदै आफ्नो धारणा राख्ने काम सम्पन्न गरिसकेका छन। नेपालको राजनितीमा लामो इतिहास बोकेको र बर्तमान समयमा देशको सबै भन्दा ठुलो राजनैतिक दलको रुपमा स्थापित पार्टी नेपाली काँग्रेसको केन्द्रिय कार्यसमिति बैठकले लिने पार्टी आन्तरिक जीवन सँग जोडिएका र राष्ट्रिय जीवन सँग जोडिएका नीति एवं निर्णयहरु पार्टीका सदस्यहरुको लागि मात्रै नभएर सबैका लागि चासोको बिषय हुनु स्वभाविकछ।
पार्टी केन्द्रिय समितिले गरेको प्रत्येक्ष प्रसारण मार्फत देशविदेशमा रहेका सबैले, काँग्रेसका केन्द्रिय नेता हरुलाई भौतिक तवर बाट र बैचारीक तवर वाट चिन्ने मौका पाएकाछन, रंगढंग प्रत्येक्ष देख्न पाएकाछन, एउटा लोकतान्त्रिक पार्टीले पारदर्शीताको उधाहरण स्थापित गरेकोछ यस अर्थमा आँखोदेखाहाल, यो साउने बैठकको सकारात्मकता मान्न सकिन्छ तर यस्को सुरुवात पनि अन्त्य पनि यहि बैठक मार्फत हुनेहो भने खराब नियतले गरिएको असल कार्यको रुपमा यो घटना पार्टी इतिहासमा दर्ज हुनेछ। प्रत्येक्ष प्रसारणले बैठकलाई स्वस्फुर्त नियन्त्रित गरेकोछ, अभिव्यक्तिमा लगाम लगाएकोछ, समग्रमा यो बैठकलाई औपचारीक बनाएकोछ।
यो बैठकको अर्को उल्लेखनिय पक्ष सदस्यहरुले प्राप्त गरेको सात मिनटको समयलाई प्रस्तुत भएका एजेन्डाहरु र समसामयिक बिषयमा न्युनतम खर्च गरेकाछन, असी प्रतिशत वक्ताहरुले प्राप्त अधिकांश समय महामन्त्री गगनथापाको बिरोध गर्ने र पार्टी सभापतिको प्रशंसा गर्नेमा खर्च गरेकाछन। सभापति सेर बहादुर देउवाको नेतृत्वमा नेपाली काँग्रेस स्थानियतह, प्रदेस र संघमा एकनम्वर पार्टी हुनुको श्रेय सभापतिले पाउनु स्वभाविकछ, सत्तासमिकरणको खेल बाट दरकिनार भएको काँग्रेसलाई राष्ट्रपति सहित संघ र प्रदेशको सत्तामा पुर्नस्थापित गराउने कुशलता, प्रर्दशनले सभापति देउवाको नेतृत्व पुर्नप्रमाणित भएको यथार्त सबै काँग्रेसीहरुले हेक्का राख्नु पर्ने बिषय हो।

तर यस्को अर्थ नेपाली काँग्रेसको आन्तरिक जीवन र बाह्य जीवन तन्दुरुस्त सफा र लोकपृयछ, यथास्थिती भन्दा माथि जान खोज्नु भनेको देउवाको बिकल्प खोज्नुहो भन्ने बुझाइका साथ केन्द्रिय सदस्यहरुले बैठकमा जसरि महामन्त्रीहरु र खास गरेर गगन लाई डाम्ने गरी धारणाहरु राखेकाछन, त्यसले नेपाली काँग्रेसको संरचना भित्र सभापति देउवा बिपी कोइराला भन्दा जव्वर त देखिएलान, तर यो दुहाइ ले पार्टी बिधानको परिपालना, साँगठनि संरचनाहरुको गतिशीलता, भातृसंघहरुको अव्वलता, पार्टी भित्रको न्याय र समानतालाई र भुई कार्यक्रताहरुको उत्साहलाई भने कमजोर बनाउने पक्का पक्की जस्तो देखिन्छ।

झनै नेपाली आम जनता र खास गरी नेपाली युवाहरुले चाहेको सिघ्र परिवर्तन र सुशासनको बाटो समात्न काँग्रेस चुक्ने खतरा बढदै जाने देखिन्छ। बिरोधकै कारणले किन नहोस चालु बैठक गगनमय भएको छ गगनको बिद्यार्थी राजनिती देखिको राजनैतिक यात्राको सिहांवलोकन गर्दा उनि तिव्र रुपमा परिवर्तन संग एकाकार हुन खोज्ने पात्रको रुपमा देखिन्छन। नेपाली काँग्रेस त टाढाको कुरा बामपन्थीहरु लाई समेत गणतन्त्र मजाक लाग्ने समयमा उन्ले नरहरी आचार्य, प्रदिप गिरी हरु समेतको सहयोगमा सडकमा र काँग्रेस भित्र गणतन्त्रको बहस छिराए त्यसै कारणले उन्ले नेबिसंघ अध्यक्ष गुमाउनु पर्यो र पार्टी भित्र उनि राजाको सिआइडीको रुपमा आरोपित भए, पार्टी भित्रको सिनियर जुनियरको सिडी क्रस गर्दै उनि आफ्नै ससुरा बा बिरुद्ध महामन्त्री भिडे, पछिल्लो काँग्रेस अधिवेशन वाट लोकपृय मतका साथ पार्टीको महामन्त्रीमा विजयी भए, संविधानसभाको सदस्य देखि प्रतिनिधी सभाको सदस्य सम्मको उन्को कार्यसम्पादनमा उनि खरो उत्रिरहेकाछन, छोटो अवधिको मन्त्री हुदा पनि मन्चमा काँग्रेसले गरेको काम भनी काँग्रेसीहरुले गर्वका साथ भाषण गर्न लायक काम गरे, पार्टीले आफ्नो धारणा नवनाउदै केपी ओलीको कु बिरुद्ध राती ११ बजे बानेश्वर चोक बाट केपी बिरुद्ध गर्जिए, पार्टी सभापति विरुद्ध संसदिय दलको नेतामा उत्रिए, यी सवै प्रतिनिधी घटनाहरुको बिश्लेषण गर्दा उन्लाई राजनितीको एउटा तप्काले आरोप लगाए जस्तै चरम महत्वाकांक्षी लोकपृयतावादी भन्ने आरोप लगाउन पनि मिल्छ।

महान मनोवेत्ता यंगले भनेकाछन मलाई एउटा सध्धे मान्छे देखाइदेऊ म त्यसलाई निको पारि दिन्छुू अथवा कमजोरी सबैमा छन। गगनथापामा पनि छन, महामन्त्रीको पदभार ग्रहण गरे पश्चात उन्को भुमिका नेविसंघको महामन्त्रीको जस्तै समस्या देखाउने तर सामाधान नगर्ने झै भयो, नेतृत्व बिरुद्ध चाहिने नचाहिने फोरममा अभिव्यक्ती दिनेकाम भयो, बिधान बमोजिम पार्टी भित्र सकारात्मक हस्तक्षेप बढनुको सट्टा आत्मकेन्द्रित प्रचारबाजि बढ्यो, जस्ता आरोपहरु छन ती आरोपहरुमा दम पनिछ आत्मसमिक्षा महामन्त्रीले पनि गर्नु जरुरी होला तर महाभारतमा देवरत्नले सत्यकुरो बोल्दा सबै कौरवहरुले वाकयुद्ध गरेझै युरोपमा कपरनिकसको तेजोवध गरेझै पार्टी भित्र खनिने र रक्षा गर्ने प्रवृतिले सम्राटले लगाएको राम्रो लुगाको हालत नहोस सुभकामना।
यो लेखका लेखक नेपाली काँग्रेस दार्चुला जिल्ला कार्य समिति सचिव पुलेन्द्र कार्की हुन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय