काठमाडौ – नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सुरु भएको छ ।

भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापना तथा सर्वददलीय बैठकका निर्णयहरु कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बैठक बसेको बताइएको छ ।

बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा, एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल र श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई सहभागी भएका छन् ।

अर्को प्रतिपक्षी दल राप्रपा भने बैठकमा सहभागी छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय