दार्चुला । नेकपा एमाले दुहुँ गाउँपालिकाका प्रभावशाली नेता तथा जिल्ला कमिटी सदस्य जंगबहादुर बम नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै आउनुभएका बमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले पार्टीको सदस्यता प्रदान गर्दै खादा ओढाएर कांग्रेसमा स्वागत गर्नुभएको हो ।

दुहुँ गाउँपालिकामा प्रभावशाली राजनीतिक व्यक्तित्वका रूपमा चिनिनुहुने बमको कांग्रेस प्रवेशलाई जिल्लाको राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । उहाँको प्रवेशसँगै दुहुँ क्षेत्रमा नेपाली कांग्रेसको संगठनात्मक आधार थप मजबुत हुने कांग्रेस नेताहरूको विश्वास छ ।विशेषगरी स्थानीय तहको राजनीतिमा सक्रिय रहेका बमसँग रहेको राजनीतिक अनुभव, जनसम्पर्क र प्रभाव नेपाली कांग्रेसका लागि थप शक्ति बन्ने अपेक्षा गरिएको छ ।

बमको पार्टी प्रवेशले दुहुँ गाउँपालिकाको राजनीतिक समीकरणमा समेत नयाँ बहस सुरु भएको छ । एमालेका जिल्ला कमिटी सदस्यसमेत रहेका एक प्रभावशाली नेता कांग्रेस प्रवेश गरेसँगै स्थानीय राजनीतिमा यसको प्रभाव आगामी दिनमा थप देखिने अनुमान गरिएको छ । नेपाली कांग्रेसले बमको आगमनलाई पार्टी संगठन विस्तार र सुदृढीकरणका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । कांग्रेस प्रवेशपछि दुहुँ क्षेत्रमा पार्टीप्रति जनविश्वास र संगठनात्मक सक्रियता थप बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय