काठमाडौं, असोज १५ । नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि तीन दिनसम्म कार्यक्रमस्थलमै खाना र खाजाको व्यवस्था गरिएको छ । टेण्डरमार्फत खाना र खाजाको व्यवस्था गरेको एमालेले करिब ६ हजार प्रतिनिधिका लागि पहिलो दिनको खानामा दाल भात, अचार तरकारीसहित कुखुरा र खसीको मासुका व्यञ्जन समेटेको छ । सलादमा मुला,गाँजर, काँक्रो, लगायत राखिएको छ भने भात नखानेलाई रोटीको व्यवस्था गरेको छ । डेर्जटमा दही जेरी राखिएको छ । एमालेको महाधिवेशनमा खाना खुवाउने जिम्मा ए वान पार्टी प्यालेसले पाएको छ । साभार रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय