काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (बिहीबार) केन्द्रीय समितिको बैठक राख्ने भएको छ।

आज अपराह्न ४ बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाइएको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

‘समसामयिक विषयमा छलफल गर्न लागिएको हो’, उपसभापति अर्यालले भने, ‘अपराह्न् ४ बजे पार्टी कार्यालयमा बस्छ।’

रास्वपामा पार्टीको राजनीतिक दस्तावेजबारे छलफल जारी छ। पार्टीको नीति विभागले मस्यौदा गरेको दस्तावेजलाई अन्तिम रूप दिन रास्वपाले १७ सदस्यीय कार्यदल गठन गरेको छ।

यस्तै रास्वपाले आगामी मंसिरमा पार्टीको पहिलो महाधिवेशन आयोजना गर्ने तयारी गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिमा ३९ सदस्य छन्। रास्वपाको विधानमा भने केन्द्रीय सदस्यको संख्या १ सय २१ रहने भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय