प्रेमराज जोशी दार्चुला असोज १७ । जिल्लाको ब्याँस गाउँपालिकामा सिम्रीक एयरको हेलीक्याप्टर मार्फत खाद्यन्न ढुवानी हुदैछ । नेपाल तर्फको दार्चुला तिंकर सडक अवरुद्ध भएको र भारत तर्फको वाटो जैसिह धामी वेपत्ता प्रकरणले महाकाली नदि माथिका तुईनहरु सवै विस्तापित भएकाले दुहुँ गाउँपालिकाको वडा नम्वर ५ चल्लेगाडावाट सिम्रिक एयरको हेलीक्याप्टर मार्फत खाद्यन्न ढुवानी हुन लागेको ब्याँस गाउँपालिकाका खरिदार दिपक सिह खातीले जनकारी दिए ।
भदौ १३ गते राति परेको अविरल वर्षाका कारण दुहुँ गाउँपालिकाको कालागाड खोलमा ४ सय मिटर दार्चुला तिंकर सडक पुर्ण रुपमा भत्किएकोले नेपाल तर्फको वाटो वन्द रहेको छ ।
आईतवार हेलीक्याप्टर मार्फत गाउँपालिकाको वडा नम्वर ३ सिनामा पहिलो चरणमा १ सय क्विन्टल अरुवा मोटो चावल ढुवानी हुने छ ।
वडा नम्वर १ छाङरुमा १ सय २५ क्विन्टल, तिंकरमा ७५ क्विन्टल, वडा नम्वर २ दुम्लिङमा ४० क्विन्टल, मालमा ४० क्विन्टल, राप्लामा २० क्विन्टल, र वडा नम्वर ४ मा २ सय क्विन्टल अरुवा मोटो चावल ढुवानी हुने गाउँपालिकाले जनाएको छ ।
नेपालीहरुको महान चाँड दशै र तिहार मुखमै आईसकेकोले गाउँपालिका वासीहरुलाई खाद्यन्नको अभाव हुन नदिन गाउँपालिकाले हेलिक्याप्टर मार्फत खाद्यन्न ढुवानी गर्न थालेको गाउँपालिका अध्यक्ष दिलिप सिह वुढाथोकीले जानकारी दिए । नेपाल खाद्य संस्थानले टेन्डर आह्वान गरेर चावल ढुवानीको लागी सिम्रिक एयरले ठेक्का पाएको वताईएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to siddatopikhabar
Made with ❤️ By Gorkhaly Labs