दार्चुला । जनतासँङ्ग माओबादी बिशेष रुपान्तरण अभियान अपिहिमाल गाउपालिकामा समेत शुभारम्भ भएको छ ।

नेकपा ( माओबादी केन्द्र) सुदूरपश्चिम प्रदेशबाट तोकिएका कमान्डमा प्रदेश कमिटि सदस्यहरु दिपक जोशी र भत्तसिह ठेकरे बोहरा सहित जिल्ला संयोजक पदम राज पन्तको बिशेष उपस्थितिमा पालिका कमिटिको बिस्तारित बैठकका बिच तीन महिने अभियान उद्घाटन गरिएको हो ।

अभियानमा पहिलो चरणमा गाउँ टोल कमिटी भेला, सदस्यता नवीकरण, सहिद परिवार भेटघाट तथा सम्मान, जनताका गुनासा सुन्न घरदैलो अभियान गरिनेछ । अभियानको विभिन्न चरणमा राजनैतिक , सांगठनिक काम को योजना र जिल्ला समन्वय समिती र पालिकाका पदाधिकारी एवं सदस्यहरुको कार्यबिन्यास गरिएको छ ।

बैठकको अध्यक्षता अपिहिमाल गाउकमिटि अध्यक्ष कलकसिह बोहराले गर्नु भएको थियो । बैठकमा नेकपा माओबादी केन्द्र का जिल्ला संयोजक पदम राज पन्त, पार्टीका प्रदेश कमिटी सदस्य दिपक जोशी, गाउपालिका अध्यक्ष भत्त सिंह ठेकरे बोहरा, जीवन लोथ्याल, वडा अध्यक्षहरु धन सिंह धामी, रबिन्द्र बोहरा, राजेन्द्र धामी लगायतले सम्बोधन गर्नु भएको थियो ।

अभियानको बैठकले वडाका कार्यक्रमको तयारी र अभियान टोलि निर्माण गर्दै सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय