दार्चुला असोज २० । मष्ट मालिका सञ्चार प्रा.लि द्धारा संचालित Siddatopikhabar.com अन्लाईन डिजिटल पत्रिका र शिद्धटोपी खवर साप्ताहिक छापा पत्रिकाको सुभारम्भ एवम उद्धघाटन गरिएको छ ।
मष्ट मालिकाका संचालक प्रेमराज जोशीको अध्यक्षतामा तथा सुदुरपश्चिम प्रदेश सभाका उपसाभामुख निर्मला बडाल जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि एवंम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशीले आफु जन्मेर हुर्केको स्थानको संचार माध्यमको नाम शिद्धटोपी राखिएकोमा खुसी ब्यक्त गर्नु भयो ।
संचार माध्यमको नामले पर्यटन स्थलको पृथक शैलीमा प्रचार प्रसार गरिएको भन्दै पर्यटन पर्वद्धनमा टेवा पुग्ने वताउनु भयो । पर्यटन क्षेत्र देश विकासको मेरुदण्डका रुपमा रहेको भन्दै यो क्षेत्रको पर्यटकी सम्पदाहरुको प्रयाप्त प्रचार प्रसार गर्नु पर्ने वताए । पर्यटकी क्षेत्रको ब्यापक प्रचार प्रसार गर्न सके मात्रै देशभरीका युवा वेरोजगारले रोजगारी पाउनेमा जोड दिनु भयो ।
भोट राईटको अधिकार सवलाई रहेको भन्दै पत्रकारहरुलाई निष्पक्ष पत्रकारीता गर्नु पर्ने आग्रह गर्नु भयो । दुहुँको पर्यटन पर्वद्धनमा प्रदेशवाट विनियोजन गरिएको वजेटले के कस्तो प्रभाव परेको छ यसको खोज अनुसन्धान गरी यसै संचार माध्यममा समाचार पढन पाईस उनले भने । समस्याहरुलाई उजागर गर्ने काम पत्रकारहरुको रहेको भन्दै सत्य तथ्य र खोजमुलक पत्रकारीता गर्न आग्रह गर्नु भयो ।
महाकाली नगर पालिकाका प्रमुख एवम कार्यक्रमका विशिष्ट अतिथि हंशराज भट्टले दुहूँको प्रशिद्ध धार्मीक तिर्थ स्थलको नामवाट पत्रकारीता गर्न खोजेको भन्दै यो पालिकाको खुसी मात्रै नभई देशकै लागी खुसीको कुरा भएको वताए । पत्रकारले आफ्नो जिम्मेवारी र धर्मलाई आत्मसाथ गर्नु पर्ने भन्दै सत्य तथ्य र निपष्क्ष समाचार सम्प्रेषण गर्न आग्रह गर्नु भयो ।
त्यस्तै कार्यक्रमलाई सम्वोधन गर्दै दुहुँ गाउँपालिका अध्यक्ष एवम कार्यक्रमका विशिष्ट अतिथि पुलेन्द्र बहादुर कार्कीले गाउँपालिकाको धार्मीक महत्व वोकेको शिद्धटोपी नामवाट संचारका २ वटा माध्यमको एउटै पटक सुभारम्भ र उद्घाटन गर्न पाउँदा खुसी लागेको वताए । संचालकले सिर्जनात्मक र मौलिकता झल्किने गरी पत्रकारीता गर्न खोजको भन्दै धन्यवाद ब्यक्त गर्नु भयो । दार्चुलामा निष्पक्ष पत्रकारीता हुन नसकेको प्रति दुःख ब्यक्त गर्दै संचार माध्यमहरुले निपष्क्ष र खोज पत्रकारीलाई जोड्न आग्रह गर्नुभयो । पत्रकारले समाजका हरेक कुराको अगुवाई गर्ने र विकृति विसंगतीको वारेको खवरदारी गर्ने वताए ।
जिल्ला सदरमुकाम खलंगाको महाकाली नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा अन्लाईन पत्रिकाका वजार ब्यवस्थापक नविन जोशीले संचालन गर्नु भएको थियो भने स्वागत मन्तब्य सम्पादक द्धय नवराज जोशी र प्रेमवल्लभ जोशीले गर्नु भएको थियो । कार्यक्रममा दुहुँ गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशी, साहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशी दुर्गादल गुल्मका प्रमुख, महाकाली नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष पुस्कर दत्त जोशी, कांग्रेस पाटी सभापति ललित सिह वोहरा, महेन्द्र नमुनाका प्रधानाध्यापक राम दत्त जोशी, पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।