काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड विपरीत पाइएका चार प्रकारका चाउचाउ बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश जारी गरेको छ।

‎विभागले बजार अनुगमनका क्रममा संकलन गरिएका नमुनाको प्रयोगशाला परीक्षण गर्दा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६(२) विपरीत रहेको पुष्टि भएपछि गोलमोल इन्स्ट्यान्ट नुडल्स (२५ ग्राम), वाइवाइ इन्स्ट्यान्ट नुडल्स (५० ग्राम), प्रिमियम पिरो इन्स्ट्यान्ट नुडल्स (२५ ग्राम) र मामा इन्स्ट्यान्ट नुडल्स (५० ग्राम) बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको हो।

‎विभागका अनुसार यी उत्पादनहरूमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६(२) विपरीत गुणस्तर रहेको पाइएकाले ऐनको दफा ३६(२) बमोजिम बिक्री–वितरण रोक्दै बजारबाट रिकल गर्ने निर्णय गरिएको हो।

‎<span;>उक्त उत्पादनहरू बर्दियाको बाँसगढी–३ स्थित बी.सी.जी. फुड्स इन्टरप्राइजेज प्रालिद्वारा उत्पादित रहेको आदेशमा उल्लेख छ। विभागले सम्बन्धित उत्पादकलाई तत्काल बजारबाट उत्पादन फिर्ता गर्न र उपभोक्तालाई यस्ता ब्याचका उत्पादन प्रयोग नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय