दिपक खाती, दार्चुला । ब्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेरा स्वास्थ चौकीका प्रमुख सि.अ.हेब जमन बडालको दुहुँ गाउँपालिका सरुवा भएपछी स्वास्थ चौकी परिवार र गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुले टीका, पुष्प गुच्छा, फुलमाला र मायाको चिनो उपहार सहित विदाई गरेका छन। २०७६ असोज ५ गते देखि ब्याँसको सुन्सेरा स्वास्थ चौकीमा सरुवा भएर आएर जमन बडालले केही महिनामै स्वास्थ चौकी प्रमुखको जिम्मेवारी पाएका थिए । स्वास्थ चौकिको नेतृत्व पाएपछि बडालले आफू मातहतका स्वास्थकर्मि,स्वयंसेविका र वडा,गाउँपालिका संग समन्वय सहकार्य गर्दै स्वास्थ चौकिको भौतिक एवं प्रशासनिक सुधार गर्दै सिमित स्रोत साधन,आवस्यक उपकरण तथा सामग्रीको अभाव र वडा नम्बर ४ जस्तो ठुलो जनसंख्या भएकोले सेवाग्राहीको बढ्डो चाप संगै विश्व महामारी कोभिड १९ को बेला पनि उपलब्ध स्रोत साधनको समुचित प्रयोग गर्दै आफ्नो जिम्मेवारी दायित्व ईमानदारीले वहन गर्दै नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नुका साथै महिला स्वास्थ स्वयंसेवकलाई साथमा लगेर टोल-टोलमा कोरोना भाईरस सम्बन्धि जनचेतना दिनुका साथै ल्याब असिस्टेन्टको काम समेत आफैले गरेर ब्याँस गाउँपालिका भरी कोरोना संक्रमित हरुको स्वाब संकलन जस्तो चुनौतीपूर्ण जिम्मेवारी सफलतापुर्वक वहन गरेका थिए ।

बडालले स्वास्थ चौकीको भौतिक र प्रशासनिक सुधार मात्रै नभएर स्वास्थ चौकी बाट प्रवाह गरिने सेवालाई समेत उत्कृष्ट र प्रभावकारी बनाउनुका साथै ब्याँसको समग्र स्वास्थ क्षेत्र सुधार गर्न जनताको स्वास्थ अवस्था परिक्षण गरेर रोग पत्ता लगाएर आवश्यक उपचार र परामर्श दिने उदेश्य सहित ब्याँसमा स्वास्थ सबैभन्दा माथी,ब्याँस अध्यक्ष जनताको साथी जस्ता जनहितका कार्यक्रम ल्याएर आफ्नो पेसा र जिम्मेवारी प्रतीको लगनशीलता,समर्पणले आफू र आफुले नेतृत्व गरेर स्वास्थ चौकीलाई पालिकामै उत्कृष्ट बनाउन सफल भए । जसको फलस्वरूप बडाल सुदुरपश्चिम प्रदेशको २०८० सालको उत्कृष्ट स्वास्थकर्मीका रूपमा पुरस्कृत समेत भएका थिए ।
सहयोगी मिलनसार स्वभावका बडालले सुन्सेरा स्वास्थ चौकिको प्रमुखको जिम्मेवारी संगै वडा नम्बर ३ सिनाको वडा सचीव र पालिका स्तरीय अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण समितिको सदस्यको जिम्मेवारी समेत सफलतापुर्वक बहन गरेको भनी गाउँपालिका उपाध्यक्ष विनोद कुवरले गाउँपालिकाको तर्फबाट औपचारिक रूपमा टिका,फुलमाला र उपहार सहित विदाई गर्दै आफ्नो फेसबुक मार्फत धन्यवाद सहित शुभकामना दिएका छन् ।
सरुवा भएका कर्मचारीको गाउँपालिकाको तर्फबाट बिदाई ।

ब्याँस गाउँपालिकाले लामो समयसम्म ब्याँसमा रहेर विभिन्न पदयी जिम्मेवारीमा रहेर काम गरेका कर्मचारीहरुको सरुवा भएपछि गाउँपालिकाले असार ८ गते सरुवा भएका कर्मचारीलाई टीका,खादा सहित मायाको चिनो उपहार सहित एकसाथ बिदाई गरेको गाउँपालिकाले जनाएको छ । ब्याँस गाउपालिकामा लेखा अधिकृतको जिम्मेवारीमा रहेका गोपाल सिंह बिष्टको भीमदत्त नगरपालिका कंचनपुर सरुवा भएको छ । त्यसैगरी ब्याँस ४ सुन्सेरा स्वास्थ चौकी प्रमुख अ.हे.व. जमन सिंह बडाल, ब्याँस २ राप्ला स्वास्थ चौकी प्रमुख नरेन्द्र सिंह महरा र वडा नम्बर ६ का वडा सचिव वीरेन्द्र धामीको आफ्नै जन्म भुमी समेत रहेको दुहुँ गाउँपालिका सरुवा भएको छ । सरुवा भएका कर्मचारीलाई ब्याँस गाउँपालिका अध्यक्ष मंगल सिंह धामी,प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडु,वडा नम्बर ३ का वडा अध्यक्ष उपेन्द्र सिंह धामीले ब्याँस सरकारको नीति लाई कार्यान्वयन गर्दै ब्याँसको बिकासमा आफ्नो पदयी भुमिका बाट ईमान्दारीपुर्वक साथ सहयोग र योगदान गरेकोमा धन्यवाद सहित गाउँपालिकाको तर्फबाट प्रमाणपत्र मायाको चिनो सहित उपहार सहित बिदाई गरेका छन् ।
