दार्चुला : भारतले अतिक्रमण गरेको नेपाली भूमी व्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरामा जनगणना गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी दार्चुलाले जिल्ला प्रशासन र जनगणनासंग सम्बन्धित अन्य निकायहरु संग जोडदार रुपमा माग गरेको छ ।

अनेरास्ववियुले नेपाल सरकारले राष्ट्रिय जनगणना २०७८ ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका संचालन गरेको राष्ट्रिय जनगणनामा भारतले अतिक्रमण गरेको नेपाली भू–भाग लिपुलेक, नाबिडाङ, तिलसी (कालापानी) गुन्जी, नाबी, कुटी, जोलिङकाङ लिम्पियाधुरा समावेश गरी जनगणना गर्न माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाएको छ ।

जनगणना गर्ने कार्य सकिनै लागेको अवस्थामा पनि सरकारले नेपालको संशोधित नक्सा अनुसार दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर १ मा पर्ने भारतले अतिक्रमण गरेको नेपाली भूमीको जनगणना बारे कुनैपनि पहलकदमी नदेखाएकोमा अनेरास्ववियु क्रान्तिकारीले आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालको भौगोलिक अखण्डता र सार्वभौमिकता भित्र पर्ने भएकाले यस क्षेत्रको जनगणना अनिवार्य रहेको ज्ञापनमा भनिएको छ । अनेरास्ववियु क्रान्तिकारीका जिल्ला अध्यक्ष भुवन जोशीद्धारा हस्ताक्षरित ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई बुझाउदै अतिक्रमित नेपाली भूमिमा जनगणना गर्न जोडदार रुपमा माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय