कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश प्रथम अधिवेशन आज (आइतबार) हुने भएको छ । आज दिउँसो १२ बजेदेखि सुरु हुन लागेको प्रदेश अधिवेशनको सम्पूर्ण तयारी भइसकेको पार्टीका प्रदेश अध्यक्ष दामोदर भण्डारीले बताए । प्रदेशस्तरिय प्रथम अधिवेशनका लागि नौ वटै प्रदेशका प्रतिनिधिहरु धनगढी पुगिसकेको उनले बताए ।

उनले भने –‘कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओली आइतबार विहान धनगढी पुग्ने छन् । दिउसोको १२ बजे समुदघाटन हुने छ ।’

अध्यक्ष ओलीसंगै पार्टीका महासचिव शंकर पोखरेल, पार्टीका सचिव लेखराज भट्ट, प्रदेश इन्चार्ज छविलाल विश्वर्मा, स्थायि कमिटि सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायि कमिटि सदस्य तथा खेलकूद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रिय सदस्यहरु अधिवेशनको समुदघाटन कार्यक्रममा सहभागि रहने छन् ।

अधिवेशनमा छ सय ७५ प्रतिनिधि सहभागि रहने पार्टी अध्यक्ष भण्डारीले जानकारी दिए । नौ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका रहेका छन् । पार्टी प्रदेश अध्यक्ष भण्डारीका अनुसार बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित गरि एक सय २८, कैलालीमा २७ महिला, ७० पुरुष र २० दलित गरि एक सय १७ जना प्रतिनिधि रहेका छन् ।

यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र नौ दलित गरि ६३, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित गरि ६८, दार्चुलाबाट १९ महिला, २८ पुरुष र छ दलित गरि ५३, अछामबाट १२ महिला, ३४ पुरुष र आठ दलित गरि ५४ जना प्रतिनिधि रहेका छन् ।

यस्तै, बझाङबाट १३ महिला, २६ पुरुष र नौ दलित गरि ४८, डोटीबाट ११ महिला, २३ पुरुष र सात दलित गरि ४१, डडेल्धुराबाट पाँच महिला, १२ पुरुष र एक दलित गरि १८ जना प्रतिनिधि रहेका छन भने जनसंगठनबाट २५ महिला, ४३ पुरुष र सात दलित गरि ७५ जना प्रतिनिधि रहने छन् ।

पार्टीको मजदुर विशेष इलाका कमिटिबाट एक महिला, चार पुरुष गरि पाँच जना प्रतिनिधि रहेका छन भने बुद्धिजिवि विशेष इलाका कमिटिबाट एक महिला र चार पुरुष गरि पाँच जना प्रतिनिधि रहने जनाइएको छ ।

प्रदेशको अधिवेशनमा नेतृत्वका लागि तिन जना आँकाक्षी रहेका छन् । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य तथा युवा संघ नेपालका पूर्व अध्यक्ष वचनबहादुर सिंह, अछामका कमल तिमिल्सेना र कृष्णप्रसाद जैशी नेतृत्वको दौडमा रहेका छन् ।

अध्यक्ष पदका उम्मेदवार तिमिल्सेना २०४४ सालदेखि अनेरास्ववियु, तत्कालीन प्रजातान्त्रिक युवा संघको केन्द्रीय सचिवालय हुँदै एमालेको जिल्ला कमिटी सदस्य र एमालेको जिल्ला अध्यक्ष अञ्चल कमिटी सदस्य हुँदै उनी प्रदेशका उपाध्यक्ष बनेका हुन् ।

आफू प्रदेश कमिटीको बहालवाला उपाध्यक्ष भएकोले अध्यक्षको स्वभाविक दाबेदार भएको उनले बताए । उपाध्यक्ष भएर प्रदेशको काम गरेको अनुभव र पार्टीलाई अझ एकताबद्ध, पार्टीमा समन्वयकारी, संविधानको कार्यान्वयन, पार्टी भित्र दक्षिणपन्थी अवसरवाद, संरचनात्मक अराजकता हुन नदिन आफ्नो उम्मेदवारी भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय