काठमाडौं : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गर्दैछन्।

 

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अपराह्न ४ बजे गुटेरेसले सम्बोधन गर्न लागेका हुन्।

बैठक आरम्भ भएसँगै गुटेरेसले सम्बोधन गर्ने कार्यसूची छ। उनको सम्बोधनलगत्तै बैठकले धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ ।

संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै महासचिव गुटेरेसको सम्बोधनको अभिलेख राख्नेछ ।

बैठकको तयारी अन्तिम चरणमा पुगिसकेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए। उनका अनुसार बिहान १० बजेसम्ममा साजसज्जालगायत सबै तयारी पूरा हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय