दार्चुला कार्तिक ०२ । लगातारको अबिरल वर्षाका कारण महाकाली नदीमा पानिको बहाव बढ्दै गईरहेको छ । भारतको आन्द्र प्रदेश तथा ओडिशाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गएको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले अविरल बर्षा भैरहेको छ । मनसुनी बर्षा सँगै परेको अविरल बर्षाले बङगावर र लास्कु क्षेत्रको वाध माथि पानी चडेको छ । दार्चुला गोकुले सडक खण्डको किम्तडीको चुने भिरमा सडक भासिएको छ । सडक भासिदा आवत जावतमा वन्द भएको छ । खलंगा दल्लेख सडक पनि अवरुद्ध भएको जानकारी आएको छ । मनसुन अझै केहि दिन सक्रिय रहने वताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय