दार्चुला कार्तिक ०३ । महाकाली नगरपालिका वडा नम्वर ४ ले वडा भित्र रहेका बेसहारा बालबालीका लाई शैक्षिक पोशाक वितरण गरेको छ । वडा नम्वर ४ भित्र रहेका १३ जना वालवालीकालाई स्कुेल पोशाक वुधवार वितरण गरिएको हो ।
जिल्ला सदरमुकाम खलंगाका विभिन्न विद्यालयमा अध्ययनरत वेसहारा वालवालीकालाई विद्यालयको पोशाक हस्तान्तरण गरिएको हो ।
विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुग्ने गरि बडा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत वितरण गरिएको वडा अध्यक्ष पुस्कर राज जोशीले जानकारी दिए ।
यो भन्दा अगाडि संविधान दिवसको दिन शैक्षिक सामग्री वितरण गरेको वडा कार्यालयले अव जाडो मौषममा न्यानो लुगा वितरण गर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय