कैलाली : बझाङमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको साईपाल गाउँपालिका वडा नम्बर ४ धुलीका अन्दाजी ६० वर्षीय जोगी बोहराको आज सोमबार भीर बाट लडेर मृत्यु भएको हो ।
उनी धुलीबाट सदरमुकाम चैनपुर आउने क्रममा तलकोट गाउँपालिकाको वडा नम्बर ४ को पनाल्ता भन्ने ठाउँ नजिकै भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको बझाङ प्रहरीले जनाएको छ।
