दार्चुला कार्तिक ०४ । जिल्लाको महाकाली नगरपालिका वडा नम्वर ४ बङगावगर क्षेत्रको ढल निकास ब्यवस्थापन हुन नसक्दा पैदल यात्रुलाई समस्या भएको छ ।
माथिल्लो बङगावगर क्षेत्रको सडक निर्माणका क्रममा ढुङगा नालीमा गएर ढल निकास नाली वन्द भएको हो । ढल निकास हुने नाली वन्द भएकोले बिच नालीवाट पानी सडकमा वगिरहेको छ ।
स्थानियहरुले वेला वेलामा बडा कार्यालमा आएर मौखिक र लिखित पत्र दिएको र बडा वाट काम नगरेको स्थानिय ब्यापारी जमन सिह बडालले आरोप लगाएका छन ।
यता वडा नम्वर ४ का वडा अध्यक्ष पुस्कर राज जोशीलाई यो विषयमा वुझ्दा ठेक्का भैसकेको र कार्तिक महिना भित्रै काम हुने वताउनु भएको छ ।
नमस्कार निर्माण सेवाले निर्माणको जिम्मा पाईसकेको र अवको १ हप्तामै निर्माण स्थलमा गई काम गर्ने वताए ।
नमस्कार निर्माण सेवाले टेलिकम देखी जिल्ला प्रशासन कार्यालय सम्मको पि.सि.सि वाटो, बङगावगरको ढल ब्यवस्थापन नाली र वडा नम्वर ४ देखी राधाकृष्ण चोक सम्मको पि.सि.सि वाटो निर्माण गर्ने भएको छ ।
टेलिकम देखी जिल्ला प्रशासन कार्यालय सम्मको पि.सि.सि वाटोको निर्माण कार्य अन्तिम चरणमा पुगेको र एक हप्ता भित्रै निर्माण ब्यवसायी बङगावगरको ढल ब्यवस्थापन नालीमा गई काम गर्ने बडा अध्यक्ष जोशीले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय